नियम १८
विदेशी विमानस्थल प्रयोग गर्ने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २२ को उपदफा
(२) बमोजिम विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिँदा इजाजतपत्रवालाले देहायका विवरण संलग्न गर्नु पर्नेछः–
(क) प्रस्तावित हवाई प्रस्थान विन्दु र कामदारको उडान तालिका सहितको हवाई टिकट,
(ख) इजाजतपत्रवालाको तर्फबाट कामदारलाई हवाई प्रस्थान विन्दुसम्म जाने व्यवस्था गरिएको परिचयपत्रवाला कर्मचारीको
विवरण ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा आवश्यक छानविन गरी विभागले इजाजातपत्रवालालाई विदेशी विमानस्थलबाट वैदेशिक रोजगारीमा कामदार पठाउने स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति लिर्ई विदेशी विमानस्थल प्रयोग गर्न नेपाल बाहिर जाँदा इजाजतपत्रवालाको कर्मचारीले प्रस्थान बिन्दुको अध्यागमन कार्यालयमा कामदारको देहायको विवरण उल्लेख गरी दर्ता गराउनु पर्नेछः–
(क) कामदारको नाम, थर र वतन,
(ख) वैदेशिक रोजगारीमा जान लागेको मुलुक ।
(४) उपनियम (३) बमोजिम दर्ता गराउँदा प्रस्थान विन्दुको अध्यागमन कार्यालयमा देहायका कागजातहरू समेत पेश गर्नु पर्नेछः–
(क) राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि,
(ख) श्रम स्वीकृतिको निस्साको प्रतिलिपि र
(ग) कामदारको उडान तालिका सहितको हवाइ टिकटको प्रतिलिपि ।